Rule 110
सजाय
: उचित र पर्याप्त कारण भएमा सशस्त्र प्रहरी कर्मचारीलाई देहाय बमोजिमको विभागीय सजाय गर्न सकिनेछ :–
(क) सामान्य सजाय :–
(१)   शारीरिक थकाई (फटिक) सजाय गर्ने वा गारद नजरबन्द राख्ने,
(२)   नसिहत दिने,
(३)   चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने,
(४)   बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने,
(५)   बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने,
(६)   खाइपाइ आएको बढीमा पाँच तलब बृद्धि घटुवा गर्ने,
(७)   हालको पदको जेष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घटुवा गर्ने,
(८)   तल्लो पदमा घटुवा गर्ने ।
      तर खुल्ला प्रतियोगिताबाट छनौट भएको सशस्त्र प्रहरी कर्मचारीलाई निज सुरु नियुक्ति भएको पदभन्दा तल्लो पदमा घटुवा गरिने छैन ।
(ख)   विशेष सजाय :–
(१)   भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने,
(२)   भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने ।