Rule 2
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अमर सशस्त्र प्रहरी” भन्नाले आतङ्ककारी घटना वा बिस्फोटन वा सशस्त्र मुठभेडमा भएको आक्रमण वा आतङ्ककारी विरुद्धको कारबाहीमा वा जोखिमपूर्ण र चुनौतीपूर्ण काममा खटिएको समयमा कुनै आकस्मिक दुर्घटनामा परी वा कुनै प्रकारको हतियारको चोटबाट वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारी सम्झनु पर्छ ।
(ख) “अशक्त सशस्त्र प्रहरी” भन्नाले आफ्नो पदको कर्तव्य पालन गर्दा वा तालीमको सिलसिलामा दुर्घटनामा परी वा आघातमा परी अङ्गभङ्ग भै वा चोटपटक लागी शारीरिक वा मानसिक रुपमा सशस्त्र प्रहरी सेवामा बहाल रहन अशक्त रहेका सशस्त्र प्रहरी कर्मचारी सम्झनु पर्छ ।
(ग) “ऐन” भन्नाले सशस्त्र प्रहरी ऐन, २०५८ सम्झनु पर्छ ।
(घ) “प्रधान कार्यालय” भन्नाले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय सम्झनु पर्छ ।
(ङ) “प्रशिक्षार्थी सशस्त्र प्रहरी कर्मचारी” भन्नाले खुल्ला प्रतियोगिताबाट छनौट भई आधारभूत तालीम लिइरहेका सशस्त्र प्रहरी कर्मचारी सम्झनु पर्छ ।
(च) “बढुवा समिति” भन्नाले नियम ३९ बमोजिमको बढुवा समिति सम्झनु पर्छ ।
(छ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, गृह मन्त्रालय सम्झनु पर्छ ।
(ज) “सशस्त्र प्रहरी कार्यालय” भन्नाले नियम ५ बमोजिमका सशस्त्र प्रहरी कार्यालय सम्झनु पर्छ ।
(झ) “कल्याणकारी सेवा केन्द्र” भन्नाले नियम १६५ बमोजिमको सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्र सम्झनु पर्छ ।
(ञ) “सशस्त्र प्रहरी परिवार” भन्नाले सशस्त्र प्रहरी कर्मचारीसँग बस्ने तथा निज आफैले पालनपोषण गर्नु पर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष तथा अविवाहित महिला सशस्त्र प्रहरी कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहित महिला सशस्त्र प्रहरी कर्मचारीको हकमा निजको सासु, ससुरा समेतलाई जनाउँछ ।
(ट) “स्थायी आवासीय अनुमति” भन्नाले विदेशी मुलुकले कुनै शर्त तोकी वा नतोकी सो मुलुकमा स्थायी रुपले बसोबास गर्न पाउने गरी नेपाली नागरिकलाई उपलब्ध गराएको डाइभरसिटी इमिग्रेन्ट भिसा (डि.भी.), परमानेन्ट रेजिडेन्ट भिसा (पि.आर.) वा ग्रीन कार्ड सम्झनु पर्छ र से शब्दले नेपाली नागरिकलाई विदेशमा स्थायी रुपमा बसोबास गर्न दिइएको जुनसुकै नामको स्थायी आवासीय अनुमति समेतलाई जनाउँछ ।