Rule 48
तालीम
: (१) सशस्त्र प्रहरी कर्मचारीले पुरा गर्नु पर्ने आधारभुत तालीम तथा माथिल्लो पदमा बढुवा हुन आवश्यक पर्ने व्यावसायिक तालीम र सोको मूल्याङ्कन विधि अनुसूची–११ बमोजिम हुनेछ ।
(२) आधारभूत तालीममा सफल नभएको कुनै पनि सशस्त्र प्रहरी कर्मचारी बढुवाका लागि सम्भाव्य उम्मेद्वार हुन तथा व्यावसायीक तालीममा सहभागी हुन पाउने छैन ।
(३) सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी नायव महानिरीक्षकसम्मका सशस्त्र प्रहरी कर्मचारीलाई व्यावसायिक तालीम अन्तर्गत अनिवार्य तालीम बापत बढीमा पाँच अङ्क र सेवाकालीन तालीम वापत बढीमा आठ अङ्क दिईनेछ ।
तर पन्ध्र दिनभन्दा कम अवधिको तालीम बापतको अङ्क गणना हुने छैन ।
(४) उपनियम (३) बमोजिम सेवाकालीन तालीम वापत अङ्क दिँदा सेवाकालीन तालीम अन्तर्गतका कुनै दुई समूहको प्रत्येक तालीम बापत चार अङ्कको दरले बढीमा आठ अङ्क दिइनेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवाकालीन तालीम वापत एकै समूहको एकभन्दा बढी विषयको तालीमको लागि छुटै अङ्क गणना गरिने छैन ।
तर कुनै समूहको एकभन्दा बढी विषयमा तालीम हासिल गरेको भएमा बढी अङ्क प्राप्त गर्ने तालीमको अङ्क गणना गर्नु पर्नेछ ।
(६) श्रेणी नखुलेको स्वदेश तथा विदेशमा लिएको कुनै पनि तालीमको अङ्क गणना गर्दा द्वितीय श्रेणी सरहको अङ्क दिइनेछ ।