Rule 157
पुरस्कार
: आफ्नो र आफ्ना मातहतका कार्यालयका सशस्त्र प्रहरी कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा प्रशंसनीय कार्य गरेमा देहायका सशस्त्र प्रहरी अधिकृतले त्यस्तो सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार स्वरुप देहाय बमोजिमको ग्रेड थप वा एकमुष्ट रकम पुरस्कार स्वरुप दिन सक्नेछः–
(क)   सशस्त्र प्रहरी महानिरीक्षकले पाँच तलबवृद्धि सम्म थप वा दुई हजार पाँचसय रुपैयाँसम्म नगद,
(ख)   सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वा कार्यालय प्रमुखको रुपमा रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षकले तीन तलबवृद्धि सम्म थप वा एकहजार पाँचसय रुपैयाँसम्म नगद,
(ग)   कार्यालय प्रमुखको रुपमा रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षकले दुई तलबवृद्धि सम्म थप र एकहजार रुपैयाँसम्म नगद ।
तर खण्ड (ग) बमोजिम दिईने पुरस्कारको हकमा पुरस्कार दिने कार्यालय प्रमुखले प्रधान कार्यालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।