दफा २४९क
अनुचित लेनदेन गर्न नहुने
(१) कसैले अनुचित लेनदेन गर्न वा गराउन हुँदैन।
\n (२) उपदफा (१) को प्रयोजनको लागि घरसारमा कसैले देहायका काम गरेमा अनुचित लेनदेन गरेको वा गराएको मानिनेछ:-
\n (क) लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने,
\n (ख) लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने,
\n (ग) लेनदेन ग्दकै बखत व्याज रकम समेत सावाँमा जोडी लिखत तयार गर्ने,
\n (घ) ब्याजलाई सावाँमा जोडी नयाँ लिखत तयार गर्ने,
\n (ङ) क्रकणीले तिरे बुझाएको रकमको भरपाई नदिने वा लिखत नबनाउने, (च) क्रृणको सावाँभन्दा बढी व्याज लिने,
\n (छ) क्रण असुलीको लागि कुनै प्रकारको शारीरिक वा मानसिक हानि हुने गरी धम्की दिने वा हिंसा वा शोषण गर्ने, वा
\n (ज) अनुचित लेनदेनको आधारमा क्रणीको अचल सम्पत्तिको हक हस्तान्तरण: गरी लिने।
\n (३) यो दफा प्रारम्भ हुनुअघि भएको लेनदेनको कारोबारको आधारमा कसैले .उपदफा (२) बमोजिमको काम गर्न, गराउन वा अनुचित लेनदेनको रकम असुल उपर गर्न क्रणीलाई हैरानी. पुस्याउनु हुँदैन।
\n (४) उपदफा (१) वा (३) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई कसुरको गम्भीरता हेरी सात वर्षसम्म कैद र सत्तरी हजार रूपैयाँसम्म जरिबाना हुनेछ।
\n (५) अनुचित लेनदेनको कसुर गर्ने कसुरदारले त्यस्तो लेनदेनको आधारमा क्रणीबाट रकम वा अन्य कुनै चल सम्पत्ति लिएको रहेछ भने कारोबार भएको वास्तविक रकम र कानून बमोजिमको व्याज निजलाई दिलाई बाँकी रकम वा अन्य चल सम्पत्ति सम्बन्धित 'क्रणीलाई कसुरदारबाट भराइदिनु पर्नेछ।
\n (६) अनुचित लेनदेनको आधारमा क्रणीको अचल सम्पत्तिको हक हस्तान्तरण भएको ठहर भएमा त्यस्तो हक हस्तान्तरण बदर हुनेछ।