दफा १७०
हदम्यादः

(१) दफा १६३ र १६४ अन्तर्गतका कसूरमा जहिले सुकै उजुर लाग्नेछ ।
(२) दफा १६७ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको वा सम्बन्धित व्यक्ति पक्राउ, नियन्त्रण, हिरासत, थुना, कैद वानजरबन्दबाट मुक्त भएको मितिले र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा कसूर भए गरेको थाहा पाएको मितिले छमहिना नाघेपछि उजुर लाग्ने छैन ।