दफा २८८
हदम्याद

दफा २८४ र २८५ अन्तर्गतको कसूर त्यस्तो कसूर भएको मितिले छ महिनाभित्र र दफा २८६ को अन्तर्गतको कसूरमा सो भएगरेको मितिले तीन महिनाभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूर त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीनमहिना नाघेपछि उजुर लाग्ने छैन ।