दफा १२८
हदम्याद

(१) यस परिच्छेद अन्तर्गतको कुनै कसूरबाट कसैको ज्यान मरेकोमा जहिलेसुकै पनि उजुर गर्न सकिनेछ ।
(२) दफा ११३, ११४, ११५, ११६, ११७, ११८, ११९, १२०, १२१ र १२२ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले तीनमहिना नाघेपछि र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिनानाघेपछि उजुर लाग्ने छैन ।