दफा ५९
हदम्याद

(१) दफा ४९, ५०, ५१, ५२, ५३ र ५७ अन्तर्गतका कसूरमा जहिले सुकै पनि उजुर लाग्न सक्नेछ ।
(२) उपदफा (१) मा उल्लिखित दफा बाहेक यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहापाएकोे मितिले दुई वर्ष नाघेपछि उजुर लाग्ने छैन ।