दफा २२९
हदम्याद

(१) दफा २२० अन्तर्गतको कसूरमा जहिले सुकै पनि उजुर गर्न सकिनेछ ।
(२) दफा २१९, २२१, २२२, २२३, २२४, २२५ , २२६ को उपदफा (३) र दफा २२७क. को उपदफा (१) अन्तर्गतको कसूर बालबालिकाको विरुद्ध भएकोमा त्यस्तो बालबालिका अठार वर्ष पूरा भएको मितिले तीन वर्षभित्र, त्यस्तो कसूर पूर्ण अशक्त अपाङ्गता भएका, सुस्त मनस्थिति भएका वा सत्तरी वर्षभन्दा बढी उमेर भएका व्यक्तिका विरुद्ध भएमा कसूर भएको मितिले तीन वर्षभित्र र अन्यको हकमा त्यस्तो कसूर भएको मितिले दुई वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिनानाघेपछि उजुर लाग्ने छैन।तर थुनामा रहेको वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको व्यक्ति विरुद्ध कसूर भएकोमाथुना, नियन्त्रण अपहरण वा शरीर बन्धकबाट मुक्ति पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।