दफा २४०
हदम्याद

(१) दफा २३० को उपदफा (४), २३१, २३२, २३३ को उपदफा (४), २३५ र २३८ को उपदफा (४) बमोजिमको कामबाट ज्यान मरेकोमा दफा १८७ को उपदफा (१) मा उल्लिखितहदम्याद लाग्नेछ।
(२) दफा २३० को उपदफा (१) अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष र यस परिच्छेदअन्तर्गतको अन्य कसूरको हकमा त्यस्तो कसूर भए गरेको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।