दफा २९६
अनुमति विना एकको तस्वीर अरुलाई दिन वा बिक्री गर्न नहुने

(१) कसैले कुनै व्यक्तिको तस्वीर निजको अनुमति विना अरुलाई दिन वा बिक्री गर्न वा निजलाई झिझ्याउन वा सताउने,हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशनगर्न, प्रचार वा खरिद बिक्री गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।