दफा ३०२
अरुको आवासमा अनाधिकृत प्रवेश गर्न नहुने

(१) कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेशले बाहेक कसैले अरुको घरमा सम्बन्धित घर धनीको स्वीकृतिविना अनधिकृत रुपमा प्रवेश गर्न, घर धनी वा निजको परिवारको गोप्यता भङ्ग गर्न वा त्यस्तो घरको खानतलासी गर्नवा गराउन हुँदैन।स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “घर” भन्नाले कुनै व्यक्तिले बसोबासगरेको घर, निवास, आवास, कोठा सम्झनु पर्छ र सो शब्दले त्यस्तो व्यक्तिले रात विताउने गरी बसेको होटेल कोठा,शिविर र पाल समेतलाई जनाउँछ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।