दफा २१
असल नियतले दिएको जानकारीबाट क्षति पुगेमा कसूर नहुने

कसैले कुनै व्यक्तिलाई निजको भलाईको लागि असल नियतले दिएको कुनै कुराको सूचना वा जानकारीबाट त्यस्तो व्यक्तिलाईकुनै क्षति पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन ।