दफा २८४
आपराधिक प्रवेश गर्न नहुने

(१) कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गर्ने नियतले हूल हुज्जत गरी वा नगरी अनधिकृत रुपमाअर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिई प्रवेश गरेमा वा अनुमतिलिई प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरीरहेमा निजले आपराधिक प्रवेश गरेको मानिनेछ:-
(क) कुनै कसूर गर्ने, वा
(ख) जुन व्यक्तिको स्वामित्व वा कव्जामा सम्पत्ति रहेको छ त्यस्तो व्यक्तिलाई डरत्रास देखाउने, अपमानगर्ने वा झिझ्याउने ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:-
(क) उपदफा (२) को खण्ड (क) को प्रयोजनका लागि आपराधिक प्रवेश गर्नेलार्ई त्यस्तो कसूरको उद्योग गरेसरहको सजाय,
(ख) उपदफा (२) को खण्ड (ख) को उद्देश्यले कुनै सरकारी कार्यालय वा मानिस बसोबास गरेको घरमा प्रवेश गरेकोभए छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय ।
(४) अस्थायी बसोबास गरेको ठाउँलाई पनि घर मानिनेछ ।
(५) सनातनदेखि प्रयोग गर्दै आएको बाटो, निकास, पानीघाट, सिँचाईको कुलो, मसानघाट, देवालयमा प्रवेश गरेको वाप्रयोग गरेकोमा आपराधिक प्रवेश गरेको मानिने छैन ।