दफा ७३
आवश्यक वस्तु तोडफोड वा हानि, नोक्सानी गर्न नहुने

(१) कसैले यस परिच्छेद अन्तर्गतको कुनै कसूर गरी कानून बमोजिम आवश्यक वस्तु मानिने कुनैवस्तु वा सार्वजनिक वा निजी सम्पत्ति हानि, नोक्सानी तोडफोड वा आगजनी गर्न वा गराउन वा अरु कसैलाईप्रयोग गरी वा आफैँले त्यस्तो वस्तु वा सम्पत्ति बिगार्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई यस परिच्छेद बमोजिमको कसूरमा हुने सजायमा थप एक वर्ष कैद वा दशहजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूरबाट त्यस्तो वस्तु वा सम्पत्तिको हानि, नोक्सानी भइसकेको रहेछ भने त्यसको विगोबमोजिमको क्षतिपूर्ति समेत निजबाट भराउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्ति यकिन भएकोमा सोही व्यक्ति र त्यस्तो व्यक्ति यकिन नभएकोमा त्यस्तोकाम गर्न उक्साउने वा आदेश दिने व्यक्तिले कसूर गरेको मानिनेछ ।