दफा १३२
इजाजतपत्र विना हातहतियार राख्न वा लिएर हिड्न नहुने

(१) कसैले कानून बमोजिम प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिड्न सकिने हातहतियारइजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रको शर्त तथा बन्देज विपरीत हुने गरीप्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिड्न हुँदैन।तर सुरक्षाको कामसँग सम्बन्धित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथाजवानले वा कानून बमोजिम हातहतियार प्रयोग गर्न पाउने अन्य सुरक्षाकर्मीले आफनो कर्तव्य पालनको सिलसिलामात्यस्तो हातहतियार आफूसित राख्न, प्रयोग गर्न वा लिएर हिड्न बाधा पुग्ने छैन ।
(२) उपदफा (१) बमोजिमका कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबानाहुनेछ ।