दफा १४२
उत्पादन वा कारोबारको अभिलेख राख्नु पर्ने

(१) विष्फोटक पदार्थको उत्पादन वा कारोबार गर्न इजाजत पत्र प्राप्त गरेको व्यक्तिले त्यस्तो पदार्थको उत्पादन,निर्माण, तयारी वा कारोबार गर्दा प्रत्येक पटक उत्पादन वा कारोबार गरेको प्रत्येक विष्फोटक पदार्थको छुट्टैअभिलेख राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको अभिलेखमा अन्य कुराको अतिरिक्त देहायका विवरण खुलाउनु पर्नेछः–
(क) के कस्ता विष्फोटक पदार्थ, के कति परिमाणमा उत्पादन, तयारी वा निर्माण भएको हो,
(ख) विष्फोटक पदार्थको कारोबार भएको भए के कस्तो प्रयोजनका लागि कारोबार भएको हो,
(ग) विष्फोटक पदार्थ बिक्री वितरण भएको भए कुन व्यक्तिलाई के कस्तो प्रयोजनका लागि के कति परिमाण बिक्रीवितरण भएको हो ।
(३) उपदफा (१) बमोजिम राखिएको अभिलेख बिस्फोटक पदार्थको कारोवार गर्ने व्यक्तिले विष्फोटक पदार्थ नियन्त्रण वाप्रशासन गर्ने अधिकारप्राप्त अधिकारी, मुद्दाको तहकिकात वा अभियोजन गर्ने अधिकारी वा अदालतले मागेका बखतउपलब्ध गराउनु पर्नेछ ।
(४) यस दफा विपरीत काम गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवैसजाय हुनेछ ।