दफा ३९
कसूरको गम्भीरता घटाउने अवस्था
यस संंहिताको प्रयोजनको लागि देहायका अवस्थाहरु विद्यमान रहेमा कसूरको गम्भीरता घटाएको मानिनेछः–
(क) कसूरदारको उमेर अठार वर्षभन्दा कम वा पचहत्तर वर्षभन्दा माथि भएको,
(ख) कसूरदारको कसूर गर्ने नियत नभएको,
(ग) जुन व्यक्तिको बिरुद्ध कसूर भएको छ त्यस्तोे व्यक्तिले कसूरदारलाई कसूर हुनुभन्दा तत्कालअघि उत्तेजित गरेकोवा धम्की दिएको,
(घ) कसूरदार वा निजको कुनै नजिकको नातेदारका बिरुद्ध गरिएको कुनै गम्भीर कसूरको प्रतिकारको रुपमा तत्कालै कसूरभएको,
(ङ) कसूरदारले स्वेच्छाले कसूर स्वीकार गरेको वा त्यस्तोे कसूर गरे बापत पश्चाताप गरेको,
(च) कसूरदारले सम्बन्धित अधिकारी समक्ष आत्मसर्मपण गरेको,
(छ) कसूरदारले आफूले गरेको कसूर स्वीकार गरी पीडितलाई क्षतिपूर्ति दिइसकेको वा दिन मञ्जुर गरेको,
(ज) शारीरिक, मानसिक तथा अपाङ्गताको कारणले गर्दा कसूरदारको क्षमता ह्रास भएको,
(झ) पीडित पक्ष र समाजलाई हुन गएको हानि, नोक्सानीको मात्रा उल्लेखनीय नदेखिएको,
(ञ) अदालतमा साँचो कुरा व्यक्त गरी न्यायिक प्रकृयामा सहयोग पुर्याएको,
(ट) कसूर स्वीकार गरी भविष्यमा फौजदारी कसूर नगर्ने प्रतिवद्घता व्यक्त गरेको,
(ठ) कसैको बहकाउ वा दबाबमा अपराध गरेको।