दफा १४४
कसूरसँग सम्बन्धित चल वा अचल सम्पत्ति जफत हुने

यस परिच्छेद अन्तर्गत सजाय हुने कुनै कसूर भएकोमा त्यस्तो कसूरसँग सम्बन्धित सम्पूर्ण विष्फोटक पदार्थ, त्यस्तोपदार्थ उत्पादन, तयारी वा निर्माण गर्न प्रयोग हुने मालसामान, उपकरण, औजार वा कच्चा पदार्थ, त्यस्तो पदार्थ ओसारपसार वा ढुवानी गर्ने सवारी साधन वा ढुवानी साधन र त्यस्तो पदार्थको उत्पादन, तयारी, निर्माण वा कारोबार गरीप्राप्त गरेको रकम र त्यसबाट बढे बढाएको रकम जफत हुनेछ ।

तर ढुवानीको साधन वा सवारी साधनको धनीले विष्फोटक पदार्थ ढुवानी भएको कुरा निजलाई थाहा नभएको प्रमाणित भएमात्यस्तो ढुवानीको साधन वा सवारी साधन जफत हुने छैन ।