दफा २७६
कीर्ते गर्न नहुने
(१) कसैले कीर्ते गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले सर्वसाधारण वा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउने वा आफू वाकसैलाई कुनै लाभ पुर्याउने नियतले कुनै झुठ्ठा लिखत वा झुठ्ठा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीयअभिलेखको झुठ्ठा अंश वा भाग बनाउने काम गरेमा निजले कीर्ते गरेको मानिनेछ।स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि:-
(क) “लिखत” भन्नाले लिखतमा लागेको सही, औँठा छाप, छाप र लिखतमा जनिएको अङ्क, अक्षर, मिति वाअन्य कुनै व्यहोरा सम्झनु पर्छ ।
(ख) “झुठ्ठा लिखत बनाउने काम” भन्नाले देहायको कुनै काम सम्झनु पर्छ:-
(१) जुन अधिकारी वा व्यक्तिले लिखत बनाएको, लेखेको वा सहीछाप गरेको होइन त्यस्तो अधिकारी वाव्यक्तिले लिखत बनाएको, लेखेको वा सहिछाप गरेको हो भन्ने विश्वास पार्ने किसिमबाटबेइमानीपूर्वक लिखत वा त्यसको अंश तयार गर्ने, विद्युतीय अभिलेख तयार गर्ने वा पठाउने,विद्युतीय अभिलेखमा डिजिटलहरु संरक्षण गर्ने,
(२) विना अधिकार वा वेइमानीपूर्वक कुनै लिखत वा विद्युतीय अभिलेखमा कुनै कुरा थपी, मेटी, केरी,परिवर्तन गरी वा अन्य कुनै किसिमबाट व्यहोरा फरक वा नबुझिने पार्ने,
(३) मानसिक अस्वस्थताको कारणबाट होस ठेगानमा नभएको, मादक पदार्थ वा लागू पदार्थ सेवन गरेको वाछलकपटमा पारिएको कारणले कसैले लिखतमा लेखिएको कुराको मतलव बुझ्न सक्दैन भन्ने जानीजानीत्यस्तो व्यक्तिलाई लिखत बनाउन, सहिछाप गर्न वा लिखतमा लेखिएको कुनै कुरा बदल्न लगाउने,
(४) एक कामको लागि सहीछाप गरी लिफा, कागज वा छाप लिए दिएकोमा त्यस्तो काममा नलगाई अर्कैप्रयोजनको लिखत खडा गर्ने वा सोमा लगाउने ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:
(क) राष्ट्रपतिबाट प्रमाणीकरण भएको लिखत कीर्ते गर्नेलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्मजरिबाना,(क१) प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको लिखत कीर्ते गर्नेलाई खण्ड (क)बमोजिमको कैद र जरिबाना,
(ख) अदालतको फैसला वा आदेश कीर्ते गर्नेलाई आठ वर्षसम्म कैद र असी हजार रुपैयाँँसम्म जरिबाना,
(ग) खण्ड (क) र (ख) मा लेखिएदेखि बाहेक अन्य सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैदर सत्तरी हजार रुपैयाँँँसम्म जरिबाना,
(घ) खण्ड (क), (ख) र (ग) मा लेखिएदेखि बाहेक अन्य कुरा कीर्ते गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजाररुपैयाँँसम्म जरिबाना ।
(४) कसैले कीर्ते गरी प्राप्त गरेको सम्पत्ति लिई मासिसकेको रहेछ भने निजलाई उपदफा (३) बमोजिमको सजायको अतिरिक्तविगो बमोजिमको थप जरिबाना समेत हुनेछ ।
(५) कसैले कीर्ते गरी कुनै सम्पत्ति प्राप्त गरेको रहेछ भने निजले त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्तागर्नु पर्नेछ र त्यस्तो सम्पत्ति मासिसकेको रहेछ भने कसूरदारको अन्य जायजातबाट त्यसको बिगो धनीलाई भराई दिनुपर्नेछ ।