दफा १८६
क्षतिपूर्ति भराई दिनु पर्ने

यस परिच्छेद बमोजिम भएको कसूरबाट कसैको जिउ, ज्यान वा सम्पत्तिमा हानि, नोक्सानी वा क्षति भएमा कसूरदारबाट पीडितव्यक्ति र निज नभए निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।