दफा २०८
क्षतिपूर्ति भराई लिन पाउने

(१) बेपत्ता पारिएको व्यक्ति पछि सार्वजनिक भएमा वा गरिएमा निजले बेपत्ता पार्ने व्यक्तिबाट मनासिब क्षतिपूर्तिभराई लिन पाउनेछ ।
(२) बेपत्ता पारिएको व्यक्तिको मृत्यु भइसकेको भए उपदफा (१) बमोजिमको क्षतिपूर्ति निजको नजिकको हकवालाले भराईलिन पाउनेछ ।