दफा १७९
गम्भीर उत्तेजना वा रीसको आवेशबाट ज्यान लिन नहुने

(१) दफा १७७ वा १७८ मा जुनसुकै कुरा लेखिएकोभए तापनि देहायको अवस्थामा ज्यान लिने व्यक्तिलाई दशदेखि पन्ध्र वर्षसम्म कैद र एक लाख रुपैयाँँदेखि एक लाखपचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछः–
(क) कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसूरदारले आत्मसंयम्को शक्ति गुमाई त्यस्तोउत्तेजना दिलाउने व्यक्तिको ज्यान मारेकोमा,तर देहायको अवस्थामा यो खण्ड लागू हुने छैनः–
(१) कसैले कानूनको पालना गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा, कुनै राष्ट्रसेवकले आफ्नाेपदीय कर्तव्यको पालन गर्दा वा पालन गर्न लागेको कुनै कामबाट कसूरदार उत्तेजित हुन गएमा,
(२) कसैलाई कुनै क्षति पुर्याउने नियतले कसूरदार स्वयंले उत्तेजित गराएको र त्यसरी उत्तेजित भईत्यस्तोे व्यक्तिले गरेको कामबाट कसैको ज्यान गएकोमा,
(ख) निजी रक्षाको अधिकार असल नियतले प्रयोग गर्दा त्यस्तो अधिकारको सीमा नाघ्न गई जसको बिरुद्ध त्यस्तोअधिकार प्रयोग भएको हो सो व्यक्तिको ज्यान मरेकोमा,
(ग) एकाएक भएको झगडामा उठेको रीसको आवेशमा तत्काल कसैको ज्यान मरेकोमा,तर यस खण्ड बमोजिमको काम गर्दा कसूरदारले अनुचित लाभ हासिल गरेको वा क्रुुर वा अस्वभाविक तवरबाटकाम गरेको हुनु हुँदैन ।
(२) उपदफा (१) को खण्ड (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि इवी लिएर वा सोच विचार गरेर ज्यान लिएकोमा सोखण्डहरुमा लेखिएको व्यवस्था लागू हुने छैन ।