दफा १९४
गम्भीर उत्तेजना वा रीसको आवेशबाट कुटपिट वा अङ्गभङ्ग भएकोमा सजाय

(१) दफा १९१ वा १९२ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुटपिट गर्ने व्यक्तिलाई कुटपिट गरीअङ्गभङ्ग गरेको रहेछ भने दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय र अन्य कुनैकिसिमले चोट पु¥याएको रहेछ भने एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजायहुनेछः–
(क) कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसूरदारले आत्मसंयम्को शक्ति गुमाई त्यस्तोउत्तेजना दिलाउने व्यक्तिलाई वा भ्रमवस अरु कसैलाई कुटपिट गरेमा वा संयोगवश अरु कसैलाई चोट पुग्नगएकोमा ।तर देहायको अवस्थामा यो खण्ड लागू हुने छैनः–
(१) कसैले कानूनको पालन गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा, कुनै राष्ट्रसेवकले आप्mनोपदीय कर्तव्यको पालन गर्दा वा पालन गर्न लागेको कुनै कामबाट उत्तेजित हुन गई कुटपिटगरेकोमा,
(२) कसैलाई कुनै क्षति पु¥याउने नियतले कसूरदार स्वयंले कसैलाई उत्तेजित गराएको र त्यसरीउत्तेजित भई त्यस्तो व्यक्तिले गरेको कामबाट कसूरदार आफैँ उत्तेजनामा परी कुटपिट गरी चोटपुर्याएकोमा ।
(ख) निजी रक्षाको लागि आवश्यक पर्ने बलभन्दा बढी बल प्रयोग गरी कसैलाई क्षति पुर्याएकोमा,
(ग) एकाएक उठेको झगडाको रीसको आवेशमा तत्काल कसैलाई चोट पुर्याएकोमा।तर यस खण्ड बमोजिमको काम गर्दा कसूरदारले अनुचित लाभ हासिल गरेको वा क्रुुर वा अस्वभाविक तवरबाटकाम गरेको हुनु हुँदैन ।
(२) उपदफा (१) को खण्ड (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि इवी लिएर वा सोच विचार गरेर कुटपिट वाअङ्गभङ्ग गरेकोमा सो खण्डहरुमा लेखिएको व्यवस्था लागू हुने छैन ।