दफा १८९
गर्भ पतन गराउन सक्ने
दफा १८८ मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्यकर्मीले देहायको अवस्थामा गर्भपतन गराएकोमा यस ऐन संहिता अन्तर्गतको कसूर भए गरेको मानिने छैनः–
(क) गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मकोे गर्भपतन गराएकोमा,
(ख) गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुनसक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरीले गर्भपतनगराएकोमा,
(ग) जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको अठार हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीले गर्भपतनगराएकोमा,
(घ) रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग शरीरमाभएकी महिलाकोे मञ्जुरीले गर्भपतन गराएकोमा ।
स्पष्टीकरणः: यस दफाको प्रयोजनको लागि “स्वास्थ्यकर्मी” भन्नाले निर्धारित योग्यता
पुगी गर्भपतन गराउन इजाजत प्राप्त गरेको चिकित्सक वा स्वास्थ्यकर्मी सम्झनु पर्छ ।