दफा २०३
गोप्य तरिकाले थुनामा राख्न नहुने

(१) अधिकार प्राप्त अधिकारीले कुनै व्यक्तिलाई थुनामा राख्दा निज थुनिएको कुरा वा थुनिएको ठाउँको जानकारी नहुनेवा पत्ता नलाग्ने गरी गोप्य रुपमा थुनामा राख्नु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।