दफा ११५
घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्न नहुने

(१) कसैले घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा त्यस्तो कार्यबाट वा त्यस्तो घर वा त्यसको केही भाग ढलीवा खसी कसैको ज्यान जान वा अङ्गभङ्ग हुन सक्ने खतरालाई रोक्न वा टार्न आवश्यक बन्दोबस्त नगरी वा त्यस्तोबन्दोबस्त गर्न लापरबाही गरी घर निर्माण गर्न, भत्काउन वा मर्मत गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।