दफा २९९
छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुने

(१) कसैले आफ्नाे परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्णटेलिफोन वा सन्देश प्रवाह गर्न गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।