दफा २१९
जवर्जस्ती करणी गर्न नहुने

(१) कसैले जवर्जस्ती करणी गर्न हुँदैन ।
(२) कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनैबालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ।स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि:
(क) करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाईमञ्जुरी मानिने छैन,
(ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,
(ग) गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेकअन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिनेछ ।
(३) जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैदहुनेछ:-
(क) दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त अपाङ्गता भएका वा सत्तरीवर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद,
(ख) दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि बीस वर्षसम्म,
(ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म,
(घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म,
(ङ) अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्तीकरणी गरेमा पाँच वर्ष सम्म कैद हुनेछ।तर देहायको अवस्थालाई वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन:-
(क) पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको,
(ख) पतिसँग अङ्श लिई छुट्टै बसेको,
(ग) पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको ।
(५) उपदफा (४) बमोजिमको अवस्थामा पीडितको निवेदन माग बमोजिम आवश्यक भएमा अदालतले पतिको नाममा देहाय बमोजिमकोआदेश जारी गर्न सक्नेछ:-
(क) पत्नीलाई निज बसी आएको घरमा नै बसोबास गर्न दिन, पत्नीलाई खान लाउन दिन, कुटपिट नगर्न तथा शिष्ट रसभ्य व्यवहार गर्न लगाउन,
(ख) पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन लगाउन,
(ग) दुवैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पतिलाई अलग बस्ने व्यवस्था गर्न तथा त्यसरीअलग बस्दा पत्नीको भरणपोषणको लागि आवश्यक व्यवस्था गर्न लगाउन,
(घ) पत्नीलाई कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाको निमित्त आवश्यकर उपयुक्त कुरा गर्न गराउन ।
(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफूलाई मानवरोग प्रतिरोधक क्षमता ह्वास गर्ने उन्मुक्ति गर्ने जिवाणु(एच.आई.भी.पोजिटिभ) वा सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँँदा पाउँँदै कसैलेजवर्जस्ती करणी गरेको रहेछ भने त्यस्तो कसूरदारलाई उपदफा (३) मा लेखिएको सजायमा देहाय बमोजिमको थप सजाय समेतहुनेछ:-
(क) मानवरोग प्रतिरोधक क्षमता ह्वास गर्ने उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी. पोजिटिभ) भएको थाहा पाउँदा पाउँदैजवर्जस्ती करणी भएको भए दफा १०५ बमोजिमको सजाय,
(ख) अन्य सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै जवर्जस्ती करणी भएको भएतीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना ।
(७) सामूहिक रुपमा जवर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिकरुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जवर्जस्ती करणी गरेमा उपदफा (३) मा लेखिएको सजायमा थप पाँचवर्षसम्म कैद सजाय हुनेछ ।तर पूर्ण अशक्त अपाङ्गता भएकी महिला भएमा उपदफा (३) को खण्ड (क) बमोजिमको सजायहुनेछ।
(८) कसैले हाडनाताकी महिलालाई जवर्जस्ती करणी गरेकोेमा निजलाई हाडनाता करणीमा सजाय हुने रहेछ भने यस परिच्छेदबमोजिमको सजायमा हाडनाताको करणीमा हुने सजाय समेत थप हुनेछ ।