दफा २७९
जालसाजी गर्न नहुने

(१) कसैले जालसाजी गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कीर्ते मानिने कसूर बाहेक कसैको हक मेट्ने, हदम्याद, तारेख जाने, कुनै किसिमलेहानि, नोक्सानी गर्ने वा कसैलाई क्षति वा लाभ पु¥याउने नियतले जानीजानी नभए वा नगरेको कुरा भए गरेको होभनी वा झुठ्ठा मिति, अङ्क वा व्यहोरा उल्लेख गरी लिखत बनाएमा वा त्यस्तो लिखतमा सहीछाप गरे वा गराएमा वाआप्mनो हक नभएको कुरामा हक भएको देखाई कुनै काम गरेमा जालसाजीको कसूर गरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।
(४) कसैले जालसाजी गरी प्राप्त गरेको सम्पत्ति लिई मासिसकेको रहेछ भने निजलाई उपदफा (३) बमोजिमको सजायकोअतिरिक्त विगो बमोजिमको थप जरिबाना समेत हुनेछ ।
(५) कसैले जालसाजी गरी कुनै सम्पत्ति प्राप्त गरेको रहेछ भने निजले त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्तागर्नु पर्नेछ र त्यस्तो सम्पत्ति मासिसकेको रहेछ भने कसूरदारको अन्य जायजातबाट त्यसको बिगो धनीलाई भराई दिनुपर्नेछ ।