दफा १८३
ज्यान मार्ने उद्योग गर्न नहुने

(१) कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ ।