दफा १७७
ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने

(१) कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरीनियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरुपपछि ज्यानमरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जन्म कैदको सजाय हुनेछ ।