दफा ९८
झुठ्ठा उजुरी दिन नहुने

(१) कसैले कसैलाई क्षति पुर्याउने वा हैरान गर्ने नियतले कुनै न्यायिक कारबाही गर्न अधिकारी समक्ष झुठ्ठा कुराकोदावी लिई वा अभियोग लगाई कुनै व्यक्तिका बिरुद्ध उजुरी वा सूचना दिनु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जुन कसूरको झुठो अभियोग लगाएको हो त्यस्तो कसूरमा हुनसक्ने सजायको उपल्लो हदको आधासम्म सजाय हुनेछ ।तर नेपाल सरकारवादी हुने मुद्दाको हकमा यस दफाको व्यवस्था लागू हुने छैन ।
(३) उपदफा (१) बमोजिमको कसूरबाट पीडित व्यक्तिलाई कुनै किसिमको हानि, नोक्सानी पुगेको भए निजलाई त्यस बापतकोक्षतिपूर्ति कसूरदारबाट भराई दिनु पर्नेछ ।