दफा २५०
ठेक्का वा करारको काममा फरक पार्न नहुनेः

(१) निर्माण सम्बन्धी काम वा अन्य कुनै काम गर्ने जिम्मेवारी लिएको व्यक्तिले वा निजको तर्पmबाट काम गर्ने कुनैव्यक्तिले बेइमानीका नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिमाणघटीबढी पारी वा अन्य कुनै किसिमबाट निर्धारित गुणस्तरभन्दा फरक पारी निर्माण कार्य वा अन्य काम गर्न वागराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
(३) कुनै माल, वस्तु वा सेवा आपूर्ति गर्ने जिम्मेवारी भएको व्यक्ति वा निजको तर्फबाट काम गर्ने कुनै व्यक्तिलेबेइमानीका नियतले कमसल वा घटी परिमाणका माल, वस्तु वा सेवा आपूर्ति गर्न वा अन्य कुनै किसिमबाट तोकिएकोभन्दा फरक गुणको माल, वस्तु वा सेवा उपलब्ध गराउनु हुँदैन ।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलार्ई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।