दफा १६३
दास बनाउन नहुने

(१) कसैले कुनै व्यक्तिलाई दास वा कमारा, कमारी बनाउन, त्यस्तोे हैसियतमा राख्न, काममा लगाउन वा सो सरहको अन्यकुनै पनि व्यवहार गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँचदेखि दश वर्षसम्म कैद र पचास हजारदेखि एक लाखरुपैयाँँँसम्म जरिबाना हुनेछ ।