दफा २०९
धनमाल फिर्ता गर्नु पर्ने

यस परिच्छेद बमोजिम कसैले कुनै व्यक्तिलाई बेपत्ता पार्दा त्यस्तो व्यक्तिको धनमाल समेत लिएको रहेछ भने त्यसरीबेपत्ता पार्ने व्यक्तिबाट बेपत्ता पारिएको वा निजको नजिकको हकवालालाई त्यस्तो धनमाल भए फिर्ता गर्नु पर्नेछ रनभएमा त्यस्तो धनमाल बापतको मनासिब क्षतिपूर्ति तिर्नु पर्नेछ ।