दफा १५७
धार्मिक रीति–स्थितिमा बाधा पुर्याउन नहुने

(१) कसैले सनातनदेखि अपनाउदै वा चली आएको अरुको धार्मिक रीति–स्थितिमा जानीजानी बाधा पुर्याउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलार्ई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।