दफा १५५
धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुने

(१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सोहुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान,वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न,फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।
(३) विदेशीले उपदफा (१) बमोजिमको कसूर गरे वा गराएकोे रहेछ भने उपदफा (२) बमोजिमको कैद भुक्तान भएको सातदिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनु पर्नेछ ।