दफा ११६
पशुपंक्षी राख्दा लापरबाही गर्न नहुने

(१) कसैले आफ्नाे वा आफ्नाे नियन्त्रण वा जिम्मामा रहेको हिंस्रक वा अन्य कुनै पशुपंक्षी राख्दा वा पाल्दात्यस्तो कार्यबाट वा त्यस्तो पशुपंक्षीबाट कसैको ज्यान जान सक्ने वा कसैलाई चोट पुग्न सक्ने खतरालाई रोक्नआवश्यक पूर्वसावधानीको बन्दोवस्त नगरी वा लापरबाही गरी त्यस्तो पशुपंक्षी राख्न वा पाल्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमकोे कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।