दफा २९०
पशुपक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने

(१) कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढीदौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवनगराई वा अन्य कुनै प्रकारले यातना दिन वा आपूmले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिकरुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुँदैन।तर पशुपक्षीलाई कुनै काम गर्न सिकाउने, तालिम दिने, त्यसलाई आफ्नो कामप्रति निपुण बनाउने उद्देश्यलेन्यूनतम बल प्रयोग गरी कुनै काम गर्न वा पशुपक्षीलाई त्यसको शारीरिक क्षमता अनुसार कुनै भारी बोकाउन वादौडाउन बाधा पर्ने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।