दफा २४७
बिगो भराउनु पर्ने
यस परिच्छेद बमोजिमको कसूर गर्ने कसूरदारबाट त्यस्तो कसूरको बिगो भएमा बिगो जफत गरी सम्पत्ति धनीलाईभराई दिनु पर्नेछ । कसूरदारले बिगोको सम्पत्ति मासिसकेको भए त्यस्तो बिगोको मूल्य बराबरको सम्पत्ति धनीलाई भराईदिनु पर्नेछ ।
(१) यस परिच्छेद बमोजिमको कसूर गर्ने कसूरदारबाट त्यस्तो कसूरको बिगो भएमा बिगो जफत गरी सम्पत्ति धनीलाई भराईदिनु पर्नेछ । कसूरदारले बिगोको सम्पत्ति मासिसकेको भए त्यस्तो बिगोको मूल्य बराबरको सम्पत्ति धनीलाई भराईदिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बिगो भराउँदा बरामद भई आएको मालमध्ये चिन्हले वा प्रमाणबाट यसको भन्ने ठहरेको जति जसको होउसैलाई भराई दिई अरु धनी पत्ता नलागेको माल धरौट राखी तीन महिनाको अवधि दिई सूचना जारी गर्नु पर्नेछ र सोअवधिमा कसैले लिन आयो र चोरीको दरखास्तमा लेखिएको मालसँग मिल्न आयो भने सम्बन्धित मालधनीलाई फिर्ता दिन्‌पर्नछ। त्यसरी मालवस्तु लिन आएन वा दरखास्तको मालमा मिलेन भने पहिले पक्री ल्याउने धनीलाई साबुत भराई बढ्ताभए अरु कायम गराइसकेको धनीलाई दामासाहीको हिसाबले भराई दिई बढी भए लिलाम गरी सरकारी कोषमा दाखिला गर्नुपर्नेछ।