दफा १७
भलाईका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम कसूर नहुने

अठार वर्ष ननाघेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिको भलाईका लागि निजको संरक्षकले वात्यस्तो संरक्षकको मञ्जुरी लिएर अरु कसैले असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो व्यक्तिलाई कुनैक्षति पुग्न गएमा त्यस्तोे काम कसूर मानिने छैन ।

तर ज्यान जान वा अङ्गभङ्ग हुनबाट रोक्ने उद्देश्यले गरेकोमा बाहेक ज्यान जान सक्छ वा अङ्गभङ्ग हुन सक्छ भन्नेजानीजानी त्यस्तो कुनै काम गर्ने व्यक्तिले आपराधिक दायित्वबाट छुट पाउने छैन ।