दफा १७१
मञ्जुरी विना विवाह गर्न नहुने

(१) विवाह गर्ने व्यक्तिहरुको मञ्जुरी विना कसैले कसैलाई विवाह गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिम मञ्जुरी विना भएको विवाह बदर हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलार्ई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
स्पष्टीकरणः: यस दफाको प्रयोजनका लागि दफा १७३ बमोजिम विवाह गर्न पूरा हुनु पर्ने उमेर पूरा
नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।