दफा २०
मञ्जुरी
मञ्जुरी मौखिक वा लिखित रुपमा वा इशारा वा आचरणद्वारा व्यक्त गर्न सकिनेछ ।तर देहायका अवस्थामा दिइएको मञ्जुरीलाई मञ्जुरी मानिने छैनः–
(क) तथ्यको भ्रममा परी वा कुनै किसिमको हानि, नोक्सानी हुन सक्ने डर, त्रासमा परी कुनै व्यक्तिले मञ्जुरी दिएकोर त्यस्तो मञ्जुरी अनुसार काम गर्ने व्यक्तिलाई त्यस्तो मञ्जुरी त्यसरी दिइएको हो भन्ने कुरा थाहा भएमा वानिजले विश्वास गर्नु पर्ने कुनै मनासिब कारण भएमा,
(ख) मानसिक अस्वस्थताको कारणले आफूले दिएको मञ्जुरीको गुण, दोष र परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेकाबखत कुनै व्यक्तिले मञ्जुरी दिएकोमा,
(ग) अठार वर्ष ननाघेको बालबालिकाले मञ्जुरी दिएकोमा,
(घ) अनुचित प्रभावमा परी मञ्जुरी दिएकोमा ।