दफा २०१
मानवोचित न्यूनतम सुविधा नदिई थुनामा राख्न नहुने

(१) कानून बमोजिम थुनामा राख्ने अधिकार प्राप्त अधिकारीले कसैलाई पनि कानून बमोजिम उपलब्ध गराउनु पर्ने सुविधानदिई वा थुनामा राखिएको ठाउँमा उपलब्ध न्यूनतम मानवोचित सुविधा नदिई थुनामा राख्न वा राख्न लगाउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई डेढ वर्षसम्म कैद र पन्ध्र हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।