दफा २२७क
मिलापत्र गर्न वा गराउन नहुने
(१) यस परिच्छेद _बमोजिम करणी सम्बन्धी कसूर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको-डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसूरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसूर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दबाब दिन वा प्रभावमा पार्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

(३) उपदफा (१) बमोजिमको कसूर सार्वजनिक पद धारण गरेको व्यक्तिले गरे वा गराएमा निजलाई उपदफा (२) बमोजिम हुने सजायमा थप छ महिना कैद सजाय हुनेछ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम मतियार वा दुरुत्साहन मानिने कसूरमा सोही बमोजिम मुद्दा चलाई सजाय हुनेछ।