दफा ८६
राष्ट्रसेवकलाई मद्दत दिन इन्कार गर्न नहुने

(१) कुनै राष्ट्रसेवकले आफ्नाे पदीय कर्तव्य पालन गर्दा त्यस्तो काममा मद्दत दिनु पर्ने कानूनी कर्तव्य भएकोव्यक्तिले त्यस बमोजिम मद्दत दिन ईन्कार गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।