दफा २६२
रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुने

(१) चलन चल्तीमा रहेको मुद्रालाई चलन चल्तीमा ल्याउन रोक लगाउने गरी कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशभएकोमा त्यस्तो आदेश प्रतिकूल हुने गरी त्यसरी रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन, लेनदेन गर्न वा राख्नहुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ र त्यसरी चलन चलाएको, लेनदेन गरेको वा राखेको मुद्रा समेत जफत हुनेछ ।