दफा १८१
लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुने

(१) कसैले लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक तीनदेखि दश वर्षसम्म कैद रतीस हजार रुपैयाँँदेखि एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ ।